बुल्दी पुलको उद्घाटन भोलि

  • ख-
  • ख+

दमौली: बुल्दी पुलको उद्घाटन बिहीबार हुने भएको छ । v>बुल्दी पुलको वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

पुल अनुगमन संयोजक ईश्वर पौडेलले बिहीबार पुल उद्घाटनका लागि तयार रहेको बताए ।वरिष्ठ नेता रामचन्द्र पौडेलले नै पुलको उद्घाटन गर्ने बताइएको छ ।

नेपाली कांग्रेसले दमौलीमा गर्ने विरोध प्रदर्शन पछि सहभागी टोली नै उद्घाटनका लागि तालघरे जाने कार्यक्रम तय भएको सचिव विश्व बास्तोलाले जानकारी दिए । कार्यक्रममा केन्द्रीय सदस्य शंकर भण्डारी, संविधान सभासद् ध्रुव वाग्ले लगायत पनि सहभागी हुने उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी