गृहजिल्लामा स्वागत पाएका श्रेष्ठले भने,‘सबैको साथ र सहयोगले हौसला झनै बढेको छ’

  • ख-
  • ख+

दमौलीः नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य देवकुमार श्रेष्ठलाई दमौलीमा स्वागत तथा सम्मान गरिएको छ । कालिका टोल विकास संस्थाले एक कार्यक्रम गर्दै उहाँलाई सम्मान गरेको हो ।


कार्यक्रममा टोलका निवासी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, महासचिव इमकुमार मल्ल, बजार एकाई सभापति राजकुमार श्रेष्ठ राकु, टोलका पूववर्् अध्यक्ष रजाक मियाँ, वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आले,टोलकी आशाकुमारी बानियाँलगायतले सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठलाई शुभकामना दिएका थिए ।


कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्नो जित सबैको जित भएको भन्दै सबैको साथ र सहयोगले थप काम गर्ने हौसला मिलेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी