संविधान सभासद रामचन्द्र पोखरेलसहित आधा दर्जन घाइते

  • ख-
  • ख+

दमौलीः बुल्दी पुल उद्घाटन विवादमा प्रहरीसँग भएको झडपमा परी संविधान सभा सदस्य रामचन्द्र पोखरेलसहित चार कांग्रेस नेता घाइते भएका छन् । संविधान सभा सदस्य पोखरेललाई प्रहरीले तीन पटक लाठी प्रहार गरेको कांग्रेस सचिव विश्व बाँस्तोलाले जानकारी दिए ।


यसैगरी कांग्रेस सचिव लक्ष्मी आचार्य तथा महासमिति सदस्य रामचन्द्र अधिकारी पनि घाइते भएका छन् । घाइतेको रत्नहरि अस्पताल दमौलीमा उपचार गरिएकोछ ।
सचिव आचार्यको टाउकोमा चोट लागेको र महासमिति सदस्य अधिकारीको ढाड र खुट्टामा चोट लागेको सचिव बाँस्तोलाले बताए

नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खलेको औंला भाँचिएको छ । उनको हाल दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भैरहेको कांग्रेस क्षेत्रीय प्रतिनिधि मीनबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी कांग्रेस क्षेत्रीय सह सभापति राजेन्द्रकृष्ण श्रेष्ठ पनि घाइते भएका छन् ।


युवा संघका ३ सहित ६ नेकपा कार्यकता, कांग्रेसका आधा दर्जन पक्राउ
कांग्रेस वरिष्ठ नेता पौडेलसहित झण्डै दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । कार्यवाहक सभापति जितप्रकाश आले, नेविसंघका गौरव पन्थ, सुनिल श्रेष्ठसहितका कार्यकर्ता पक्राउ परेको कांग्रेसले बताएको छ ।


यस अघि उद्घाटनको विरोधमा प्रशासन घेराउमा पुगेका युवा संघ जिल्ला संयोजक ईश्वर बस्यालसहित युवा संघका सह संयोजक भगवान श्रेष्ठ, नेता बादलआले लगायत प्रहरी नियन्त्रणमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी