तनहुँ प्रशासनद्वारा बुल्दी पुल क्षेत्रमा निषेधाज्ञा

  • ख-
  • ख+

दमौली
तनहुँ प्रशासनले व्यास १ को मोटरेबल पुल निर्माण भएको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । मध्याह्न १२ बजेबाट लागू हुने गरी साँझ ६ बजेसम्म पुल र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ सागर आचार्यले बताए । निषेधाज्ञामा व्यास १ र १० को पृथ्वी राजमार्ग बाहेकका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । निषेधाज्ञामा पाँच जना भन्दा बढी भेला हुन नपाइने आदेश छ ।

‘पुलको उद्घाटनका पक्ष र विपक्षमा झडप हुने देखिएकाले निषेधाज्ञा गर्ने सुरक्षा समितिको निर्णय भएको छ,’ उनले भने । तालघरे र दुम्सी जोड्ने पुलको दिउँसो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबाट उद्घाटन तय भएको थियो ।


तर प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो । झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरे पनि पृथ्वी राजमार्गको यातायात आगमनमा समस्या नहुने प्रजिअ आचार्यले बताए । त्यस क्षेत्रमा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी