लोकतन्त्र जोगाउन आन्दोलन जरुरी: पौडेल

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनै हालतमा प्रतिगमन आउन नदिने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सानो दुःखले देशमा लोकतन्त्र नआएको भन्दै कुनै पनि नाममा राजतन्त्र नफर्कने दावी गरे ।’ ईश्वर वा कसैको नाममा प्रतिगमन हुन सक्दैन, ‘ उनले भने ।

पौडेलले पार्टीको महाधिवेशन तोकिएकै समयमा गर्न सकिने बताए ।’ सार्न खोजिँदैछ तर हामी तोकिएकै समयमा गर्न सकिन्छ भनेर लागेका छौं,’ उनले भने ।उनले महाधिवेशन समयमै गर्न विवाद देखिएका ठाउँको समाधानमा लागेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्