सिग्देलले भने, ‘विकास देखेर प्रतिपक्षी आत्तियो’

  • ख-
  • ख+

दमौलीः प्रतिनिधि सभा सदस्य केदार सिग्देलले सरकारको काम कारवाही देखेर प्रतिपक्ष दल आत्तिएको दाबी गरेका छन् । ‘सरकारले गरेको जनपक्षीय काम देखेर विपक्षी पार्टीहरु सरकार असफल बनाउन लागि परेका छन्,’ उनले भने ।


म्याग्दे वडा नं १, बाख्रेमा आयोजित जनता साक्षात्कार कार्यक्रममा सांसद सिग्देलले सरकारले दीर्घकालिन योजनाका साथ काम गरेको भन्दै अब काम देखिने दाबी गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका सांंसद आशा कोईरालाले बाटोघाटो, पुल पुलेसा निर्माणका कामले गति लिएको बताइन् ।


नेकपा म्याग्दे गाउँपालिकाका अध्यक्ष दिलबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा तनहुँका सचिवालय सदस्य श्रीप्रसाद श्रेष्ठ, नेकपा जिल्ला तनहुँका कार्यालय सचिव राजेश्वर ढकाल साथै स्थानीय बासिन्दाहरुले विकास निर्माण सम्बन्धि धारणा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी