सांसद कोईरालाले टुंग्याइन् प्रदेश २(१) को बजेट (सूचीसहित)

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रदेश २(१)की प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य आशा कोईरालाले आफ्नो क्षेत्रको बजेट विनियोजन गरेकी छन् । निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्र्तगत प्रदेश क्षेत्रको कुल बजेट अन्र्तगत खर्च गर्ने क्षेत्र टुंगो लगाएकी हुन् ।


कार्यक्रमअन्र्तगत धेरै बजेट एक करोड २४ लाख शुक्लागण्डकी नगरपालिकाका लागि विनियोजन गरिएको छ । शुक्लागण्डकीका कुल १४ वटा योजनामा कार्यक्रमको बजेट गएको छ । शुक्लागण्डकी २ हलेदीमा शहिद स्मृती पार्क तथा शुक्लागण्डकी ३ कवासेमा शहिद कृष्ण माविको भवनका लागि २५ लाख विनियोजन गरिएको छ ।


यसैगरी, म्याग्दे गाउँपालिकाका लागि कुल ६१ लाख रुपैयाँ विनियोजन गरिएको छ । म्याग्देका सातवटा योजनाका लागि बजेट परेको छ ।


व्यास नगरपालिकाका भने दुई वटा कार्यक्रमका लागि १० लाख बजेट विनियोजन भएको छ । व्यास ६ अम्रेनीको गैरीगाड कुलो मर्मतका लागि पाँच लाख तथा व्यास ६ भँगेरीको कृषि उपज शंकलन केन्द्रका लागि पाँच लाख बजेट कार्यक्रममार्फत विनियोजन गरिएको छ ।


कार्यक्रमका लागि कुल पाँच लाख रुपैयाँ प्रशासनिक खर्चमा विनियोजन भएको छ ।
प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्व तथा समानुपातिक सांसद सदस्य रहने निर्देशक समितिले बजेटको टुंगो लगाउने भए पनि सांसद कोईराला मात्र त्यस क्षेत्रबाट निर्वाचित सांसद रहेकाले कोईरालाबाट नै बजेट टुंगो लागेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी