मानुङ पुगेर पौडेलले भने,‘२०४७ सालदेखिको अभियानले सार्थकता पाएको छ’

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०४७ सालदेखि मानुङको विकासका लागि थालेको अभियानले सार्थकता पाएको बताएका छन् ।


मंगलबार बिहान पर्यटकीय मानुङ डाँडा पुगेका पौडेलले अहिले प्रशस्त संख्यामा पर्यटक आएको देख्दा खुशी लागेको बताए । ‘यो डाँडाको दिन आउँछ भनेर मैले भनेको थिएँ,’ उनले भने ।

पौडेलले मानुङमा बाटो र खानेपानीका लागि पहल गरेको भन्दै अझ थप पूर्वाधार बनाउन सकिए मानुङ अझ अघि बढ्ने बताए ।
पौडेलले मानुङ जाने बाटोमा पहिले देखि नै करोडौं बजेट परेको भन्दै अहिले कालोपत्रे भएर योजनाले गति पाएको बताए ।


जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मानुङको प्रचारका लागि पहिलो तनहुँ महोत्सवदेखि थालनी गरिएको बताए ।


व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले मानुङको विकासका लागि व्यास नगरपालिकाले प्राथमिकता दिएको बताए । उनले पर्यटकीय विकास र पूर्वाधारका लागि नगरपालिकाले बजेट विनियोजन गरेको पनि जानकारी दिए ।


त्यसक्रममा मानुङका स्थानीयसँग अन्र्तक्रिया पनि गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी