आधारभूत अस्पताल: भानुमा शिलान्यास हुन सकेन, शुक्लामा विवाद

  • ख-
  • ख+

दमौली: तनहुँका म्याग्देसहित शुक्लागन्डकी, ऋषिङ, भिमाद र देवघाटमा आधारभूत अस्पताल शिलान्यास भएका छन् ।तर अतिथि विवादका कारण भानुको पुरनडिहीमा भने शिलान्यास रोकिएको छ ।

भानु नगर प्रमुख उदयराज गौलीले शिलान्यास तय भए पनि नेकपा कार्यकर्ताले प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठबाट उद्घाटन हुनु पर्ने भने पछि निर्धारित शिलान्यास रोकिएको छ ।

शुक्लामा पनि विवादशुक्लागण्डकी नगरपालिका वडा नं ११ राइपुरमा शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको अस्पतालबाट ४ किलोमिटरको दुरीमा नै अर्को अस्पताल शिलान्यास भएको छ ।

नगरपालिकासँग समन्वय नै नगरी काम अघि बढेको भन्दै अधिकारीहरूले आपत्ति जनाएका छन् । प्रदेश सभा सदस्य आशा कोइरालाले भवनको शिलान्यास गरेकी थिइन् ।

स्कूल अफ डेमोक्रेसी को आपत्ति दुवै काममा नेकपाका नेता तथा कार्यकर्ताको अवरोध भएको भन्दै स्कूल af डेमोक्रेसी तनहुँले यसलाई स्थानीय जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार माथि गम्भीर खेलवाड भएको भनेको छ ।

अध्यक्ष डम्बर अधिकारीले विज्ञप्ति जारी गर्दै यस किसिमको गलत कार्यलाई तत्काल सच्याउन माग गरेका छन् ।अन्यथा राज्यको करोडौं लगानी बालुवामा पानी खेर गए जसरी जाने विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी