चिसो बढेसँगै कोरोनाबाट मृत्यु हुने बढे

  • ख-
  • ख+

थप ४ को मृत्यु
पोखराः
चिसो बढ्दै जाँदा गण्डकी प्रदेशमा कोभिडबाट ज्यान गुमाउनेको संख्या बढेको छ ।पोखरामा कोभिड संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराकाा अनुसार यो समाचार तयार पार्दासम्म ज्यान जानेमा तीन जना पोखरा र एक स्याङजाका छन् ।


ज्यान जानेमा तीन जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । एक जनाको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका ३ का ६५ वर्षिय कोरोना संक्रमितको आईतबार निधन भएको थियो । उनमा न्युमोनियाको समस्या देखिएको थियो ।


यसैगरी, पोखरा १८ का ५१ व्र्षिय पुरुषको आईतबार बेलुका उपचारका क्रममा ज्यान गएको थियो । उनमा पनि न्युमोनियाको समस्या देखिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी, स्याङजा वालिङ १४ का ६७ वर्षका वृद्धको सोमबार विहान उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै निधन भएको छ । उनमा न्युमोनिया सहितका स्वास्थ्य समस्या रहेको विज्ञप्तिमा छ ।


यसैगरी चरक अस्पताल पोखरामा उपचार गराएकी पोखरा १६ की ५७ वर्षिया महिलाको सोमबार विहान ४ बजे उपचारका क्रममा निधन भएको थियो । उनमा न्युमोनियासहित मधुमेह, थाईराईड किड्नीको समस्या देखिएको निर्देशनालयको विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्