गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउने १५४ पुगे

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप दुईको ज्यान गएसँगै मृतकको संख्या थपिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की पोखरा महानगरपालिका १९ का ५७ वर्षका पुरुषको शुक्रबार राती उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएको थियो । यसैगरी, पोखरा महानगरपालिका ११ का ६० वर्षका संक्रमितको आईतबार विहान उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको थियो ।


ज्यान गुमाएका दुवैमा न्युमोनियासहितको समस्या देखिएको निर्देशनालयले जनाएको छ । पछिल्लो समय प्रदेशमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या निरन्तर देखिइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्