साहारा सहकारी उत्कृष्ट घोषित

  • ख-
  • ख+

दमौलीः दमौलीको साहारा कृषि सहकारी संस्था लिमिटेड उत्कृष्ट घोषित भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले आईतबार दमौलीमा एक कार्यक्रम गर्दै सहकारीलाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो ।


गत आर्थिक वर्षमा सर्वाधिक संख्यामा कारोबार गरेको भन्दै बैंकले साहारालाई सम्मान गरेको शाखा प्रवन्धक उपेन्द्र दाहालले जानकारी दिए । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले सहकारीका अध्यक्ष कृष्ण आचार्य तथा संस्थापक अध्यक्ष शान्तराम न्यौपानेसहितका पदाधिकारीलाई कार्यक्रममा सम्मान गरे ।


सोही कार्यक्रममा धेरै रकम कारोबार गरेको भन्दै बैंकले दुलेगौंडाको रोयल सहकारी संस्था लि.लाई पनि सम्मान गरेको छ । संस्थाका तर्फबाट कोषाध्यक्ष राजकुमार वाग्ले तथा व्यवस्थापक तीर्थराज खनाललाई सम्मानित गरियो ।


शाखाका संयोजक अमरबहादुर कुँवरको अध्यक्षतामा गरिएको कार्यक्रममा बैंकका गण्डकी प्रदेश संयोजक रामबहादुर जिसि, सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, शाखाका सञ्चालक सदस्य प्रदीपराज अधिकारीलगायतले उत्कृष्ट सहकारीलाई बधाई ज्ञापन गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी