कमलादीमा लाग्यो तनहुँको जितको नारा

  • ख-
  • ख+

दमौली: गत अधिवेशनमा बराबरी भएकाले देवकुमार ले आफ्नो पूरा कार्यकाल बाड्नु पर्यो ।

त्यसैले पनि उनले पूर्ण कार्यकाल काम गर्नका लागि यसपाली ५४ औं साधारसभा मा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका तर्फबाट उम्मेदवारी दिए । र, सहज जित पनि प्राप्त गरे ।१८ जना विजयी मध्ये आठौं उच्च मत पाउने उनी ६५ मत पाएर विजयी भए। योसँगै तनहुँले दोश्रो कार्यकाल पनि केन्द्रीय सदस्य पाएको छ ।

उनका पक्षमा जीत दर्ता गराउन तनहुँ उद्योग वाणिज्य संघको टीम नै अध्यक्ष मानकाजी श्रेष्ठको नेतृत्वमा खटिएको थियो । आफ्ना पूर्व अध्यक्ष जिताउन प्रथम उपाध्यक्ष वैकुण्ठ नाथ मिश्र, महासचिव इमकुमार मल्ल, दमौली बजार एकाई सभापति राजकुमार श्रेष्ठ राकु, जिल्ला सदस्य दिनेशकुमार श्रेष्ठ लगायत अहोरात्र खटेका थिए ।

रातको सवा १० बज्नासाथ उनको जित निश्चित भयो । त्यसपछि ‘ यो जीत कसको तनहुँको ‘ नारा लाग्न थाल्यो। एकाई सभापति राकु श्रेष्ठले नारा लगाउँदै फेसबुक लाइभ शुरू गरिहाले ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानाकाजी श्रेष्ठले आफूलाई धेरै खुशी लागेको भन्दै भावुक भएर अबिर र माला पहिर्याई दिए । अनि पालैसंग उपस्थित पदाधिकारीले माला र अबिर लगाउँदा श्रेष्ठ चिनिन नसकिने भए ।

तनहुँबाट काठमाडौं गएको टोलीको मिशन पुरा भयो । टोलीले कमलादीमा धेरै बेरसम्म श्रेष्ठको विजय को खुशीमा नारा लगाई रह्यो ।सबैले एउटै भावमा देवकुमार को जितलाई तनहुँको जीतका रुपमा खुशी मनाए ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी