देवकुमार श्रेष्ठ केन्द्रीय सदस्यमा विजयी

  • ख-
  • ख+

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा देवकुमार श्रेष्ठ निर्वाचित भएका छन् । नगर तथा जिल्ला उद्योग वाणिज्य। संघतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठले ६५ मत प्राप्त गरे ।

उनी लगातार दोश्रो कार्यकालका लागि विजयी भएका हुन् ।उनी वरिष्ठ उपाध्यक्ष उम्मेद्वार किशोर प्रधान समूहबाट केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए ।

राजधानीमा सम्पन्न ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा उम्मेदवारी दिएका श्रेष्ठले सहज जित प्राप्त गरेका हुन् ।श्रेष्ठका पक्षमा प्रचार गर्न गएका तनहुँका व्यवसायीले खुशी मनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी