जेसिआई व्यास नगरको अधिवेशन मंसीर २० मा

  • ख-
  • ख+

दमौलीः जेसिआई व्यास नगरको २६ औं शाखा अधिवेशन आगामी शनिबार हुने भएको छ । शनिबार दमौलीमा बसेको क्लबको दोश्रो साधारण सभाले मंसीर २० गते शनिबारका लागि २६ औं शाखा अधिवेशन तथा २७ औं वार्षिक साधारण सभा तोकेको हो ।


क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभाले नयाँ नेतृत्व चयन प्रक्रियालाई सहज बनाउन विभिन्न नियुक्ति पनि गरेको छ । अधिवेशनका लागि निर्देशकमा निवर्तमान अध्यक्ष रमेश गिरीलाई तोकिएको छ ।

यसैगरी निर्वाचन आयुक्तमा पूर्व अध्यक्ष पविन्द्र भट्टराई, आन्तरिक लेखा संयोजकमा अर्का पूर्व अध्यक्ष श्रीकृष्ण बिजुक्छे र तालिम तथा अन्र्तवार्ता संयोजकमा पूर्व अध्यक्ष ओमराज श्रेष्ठलाई नियुक्त गरिएको क्लबका महासचिव गणेश थापाले जानकारी दिए ।


क्लबले अध्यक्षसहित निर्वाचन हुने पदका लागि बिहिबारसम्म मनोनयन खुला गरेको छ ।
साधारण सभाले स्मारिका प्रकाशनका लागि शाखा सम्पादक अजर नागिला संयोजक तथा राजकुमार श्रेष्ठ, कमल गिरी, कर्ण गुरुङ र युवराज भण्डारी सदस्य रहेको समिति पनि गठन गरेको छ ।


जेसिजको नयाँ नेतृत्व चयनको मिति तोकिएसँगै चुनावी माहोल तयार भएको छ । नयाँ नेतृत्व हाँक्नका लागि तयार पदाधिकारीहरुले दौडधुप बढाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी