परोपकार ज्येष्ठ नागरिक चौतारीका वृद्धवृद्धालाई स्नानघर र शौचालय

  • ख-
  • ख+

दमौली: परोपकार ज्येष्ठ नागरिक चौतारीका वृद्धवृद्धाले जाडोमा तातो पानीले नुहाउन पाउने भएका छन् । राष्ट्रिय परोपकार महासंघद्वारा सञ्चालित वृद्धाश्रममा निर्मित शौचालय तथा स्नानगृह तयार भए पछि अब वृद्ध र वृद्धाले बेग्लाबेग्लै शौचालय पनि प्रयोग गर्न पाउने भएका छन् ।


आश्रमको महासंघका राष्ट्रिय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले उद्घाटन गरे । उनले आफू केही वर्ष अघि आउँदा जंगलजस्तो देखिएको आश्रम महासंघले महायज्ञमार्फत आर्थिक संकलन गरे पछि अहिले वृद्धवृद्धाको आश्रयस्थल भएको भन्दै खुशी प्रकट गरे ।


तीन लाख २० हजार रुपैयाँ लागतमा निर्मित संरचनाका लागि पोखराका युवतीहरुको क्लब रोट¥याक्ट क्लब अफ पोखरा फिष्टेलले एक लाख २५ हजार रुपैयाँ बराबरको सहयोग गरेको थियो । बाँकी रकम भने आश्रमले नै बेहोरेको सदस्य ऋषिराम ढुंगानाले जानकारी दिए ।
आश्रममा शनिबार आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष एजिना केसीले आश्रमका अध्यक्ष तारनाथ घिमिरेलाई हस्तान्तरण गरिन् ।


कार्यक्रममा रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष मनोज राउतलगायतले क्लबको कार्यको प्रशंसा गरेको रोट¥याक्ट क्लब जोन ३ का सेक्रेटरी विशाल श्रेष्ठले जानकारी दिए । हाल वृद्धाश्रममा पाँच वृद्धा र पाँच वृद्धले आश्रय लिंदै आइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी