
भानु : तनहुँका सञ्चारकर्मी मनोजकुमार श्रेष्ठलाई पितृशोक परेको छ। प्राइम टेलिभिजन तथा रेडियो छिम्केश्वरीका सम्वाददाता भानु निवासी श्रेष्ठका पिता टेकबहादुरको उच्च रक्तचाप पछि भएको हृदयाघातका कारण h निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
घर पुग्दा अकस्मात लडेका उनलाई दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए ।स्वर्गीय श्रेष्ठको शनिबार देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ।
प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले स्वर्गीय श्रेष्ठको निधनमा शोक व्यक्त गरेका छन् ।