देवकुमारलाई जिताउन व्यवसायी काठमाडौंमा

  • ख-
  • ख+

जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षबाट झनै हौसाला मिलेको छः श्रेष्ठ
दमौलीः
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठलाई जिताउन तनहुँ उद्योग वाणिज्य संघका व्यवसायी अगुवाहरु काठमाडौं पुगेका छन् ।


अध्यक्ष मानकाजी श्रेष्ठको नेतृत्वमा पुगेका व्यवसायी नेताहरुले श्रेष्ठका पक्षमा चुनावी प्रचारप्रसार र माहोल बनाउन सक्रियता देखाएका छन् ।
नगर तथा जिल्ला उद्योग वाणिज्य संघबाट दोश्रो कार्यकाल केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका श्रेष्ठ शनिबार हुने मतदानपूर्व आफ्नो पक्षमा माहोल बनाउन कसरत गरिरहेका छन् ।

श्रेष्ठलाई साथ दिन संघका जिल्ला अध्यक्ष मानकाजी श्रेष्ठसहित प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, महासचिव इमकुमार मल्लसँगै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका सभापति राजकुमार श्रेष्ठ राकुलगायतका व्यवसायी काठमाडौंमा सक्रिय भएका हुन् ।
‘उहाँका पक्षमा माहोल राम्रो देखेको छु,’ बजार एकाई सभापति राकुले भने,‘हामीले पनि आ आफ्नो चिनजानका व्यवसायीलाई आग्रह गरेका छौं ।’


उम्मेदवार देवकुमारले आफू व्यवसायीक हकहितका लागि सदैव सक्रिय रहेको भन्दै प्रतिकुल परिस्थितीमा राहत दिने कार्यक्रमका लागि लबिङ गर्न पनि नेतृत्वमा जान चाहेको भन्दै व्यवसायीलाई कन्भिन्स गरिरहेका छन् ।


यस अघि पनि केन्द्रीय सदस्य रहँदा बनाएको सम्बन्ध र एजेण्डाका आधारमा केन्द्रीय सदस्य चुनाव जित्नेमा देवकुमार विश्वस्त छन् । ‘भेटका क्रममा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुबाट निकै राम्रो प्रतिक्रिया आएकाले झनै हौसला मिलेको छ,’ श्रेष्ठले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्