अब शनिबार दमौली बजार बन्द

  • ख-
  • ख+

दमौलीः लामो समय लकडाउनका कारण समस्यामा परे पछि सातै दिन खुला हुन थालेको दमौली बजार अब भने सातामा एक दिन बन्द हुने भएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिले अब साताको अन्तिम दिन शनिबार अनिवार्य बन्द गर्ने निर्णय गरेको छ ।


कोभिडका कारण समस्यामा परेकाले लामो समय सातै दिन खुले पनि अब नियमित बजार खुल्न थालेकाले शनिबार पहिलेझैं बजार बन्द गर्ने निर्णय गरिएको एकाईका सचिव दधिराज घिमिरेले जानकारी दिए ।

एकाईले सार्वजनिक सूचना जारी गर्दै शनिबार बजार बन्द गर्नका लागि व्यवसायीमा आग्रह गरेको सचिव दधिराज घिमिरेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी