तनहुँमा थप ६ जनामा संक्रमण

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा छ जनामा कोभिड पोजिटिभ पुष्टि भएको छ ।
व्यास नगरपालिकाका थप तीन जनामा कोभिड पोजिटिभ भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा व्यास १ का तीन जना छन् ।

१७, ३८ र ३९ वर्षका एकै परिवारका तीन सदस्यमा कोभिड पोजिटिभ भेटिएको निर्देशनालयको विवरणमा छ ।


यसैगरी भानु १ का २१ वर्षका अर्का पुरुष पनि संक्रमित भएका छन् ।


उता, शुक्लागण्डकी ५ का ३२ वर्षका पुरुष र ठेगाना नखुलेकी एक महिलालाई पद्य नर्सिङ होममा उपचारका क्रममा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्