कोरोनाका कारण एकै दिन ४ को मृत्यु

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप चार जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशबाट सार्वजनिक पछिल्लो २४ घण्टाको सार्वजनिक विवरण अनुसार

मृत्यु हुनेमा कास्की पोखरा २ का ५९ वर्षीया पुरुष कोरोना संक्रमित छन् । उनकोे बिहिबार बेलुका चरक मेमोरियल अस्पतालमा निधन भएको हो । मंसिर ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा मृगौला र मधुमेहको समस्या थियो ।

कास्की पोखरा ३२ का ६६ वर्षीय कोरोना संक्रमित महिलाको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । ५ गते कोरोना पुष्टि भएकी उनमा कोरोनासँगै निमोनियाको समस्या थियो ।
यस अघि कास्की पोखरा महानगरपालिका ७ निवासी ७६ वर्षिया महिलाको पनि उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको थियो । उनमा पनि निमोनियाको समस्या रहेको बताइएको छ ।

यसैगरी, स्याङजा अर्जुनचौपारी २ निवासी ५८ वर्षिया संक्रमित महिलाको शुक्रबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय ४८ पुगेको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्