
दमौलीःव्यास नगरपालिकाका थप तीन जनामा कोभिड पोजिटिभ भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा व्यास १ का तीन जना छन् ।
१७, ३८ र ३९ वर्षका एकै परिवारका तीन सदस्यमा कोभिड पोजिटिभ भेटिएको निर्देशनालयको विवरणमा छ ।
यसैगरी भानु १ का २१ वर्षका अर्का पुरुष पनि संक्रमित भएका छन् ।