सांसद सिग्देलले टुंग्याए क्षेत्र नम्बर २ का विकास योजना (छनौट भएका योजनासहित)

  • ख-
  • ख+

दमौली
तनहुँ क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि चालु आर्थिक वर्षको बजेट विनियोजन टुंगो लागेको छ । प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य केदार सिग्देलले छवटा स्थानीय तहका लागि चार करोड रुपैयाँ बजेटका लागि योजनाको टुंगो लगाएको उनको सचिवालयले जानकारी दिएको छ । विनियोजित रकममध्ये तीन करोड ९६ लाख ४० हजार रुपैयाँ विकास तथा व्यवस्थापन खर्चका लागि तीन लाख साठी हजार रुपैयाँ खर्च हुने सांसद सिग्देलले जानकारी दिए ।


कार्यक्रमअन्र्तगत व्यास नगरपािलकाको वडा नं ५ मा राष्ट्रिय परोपकार महासंघ नेपाल तनहूँको जेष्ठ नागरिक चौतारी भवनको ट्रस हल निर्माणका लागी १० लाख, दभुङ्ग चण्डीदेवी गुठी सामुदायिक भवनको ट्रस र शौचालय निर्माणका लागी १० लाख, व्यास ६ को शिसाघाट वजारको सिम्लेदेखि मादी नदिको पूल सम्म सडक कालोपत्रे गर्नका लागी ३० लाख गरि व्यासको ५ र ६ नं वडामा ५० लाख विनियोजन भएको छ ।


यसैगरी म्याग्दे गाँउपालिकामा बरचौर खानेपानी निर्माण सुधारका लागी १५ लाख, निर्मलबस्ती थानसिंह मोटरमार्ग कालोपत्रे गर्न १५ लाख, नागढुङ्गा खेलमैदान निर्माण छाङ्गदीटारका लागी १० लाख, जौखोला धैरेनी मोटर मार्गका छिर्दि दोभान कल्भर्ट निर्माण का लागी १० लाख, जनसहयोगी मोटर मार्ग स्तरोन्नती का लागी १५ लाख गरि कुल ६५ लाख विनियोजन गरिएको छ ।


सांसद सिग्देलले शुक्लागण्डकी नगरपालिका अन्र्तगत काप्रेक खेलमैदान, थप्रेक तथा मुशिलम सामुदायिक भवन निर्माण भ्याकुते सहित वडा नं १ मा १५ लाख, आर्दश टोल सामुदायिक भवनको कम्पाउण्ड वाल तथा पार्क निर्माण वडा नं ३ मा १० लाख, भृगु त्रिवेणीधाम शव दाह स्थल निर्माण सुधारका लागि १० लाख, दुलेगौडा नयाँपुल देखि लालिम जाने मोटरमार्ग कालोपत्रे वडा नं १० मा २० लाख, कुमाल सामुदायिक भवन निर्माण वडा नं ७ मा १० लाख तथा राईपुर कोटकालिका पुर्वाधार विकास कार्यक्रम का लागी १० लाख गरि ७५ लाख विनियोजन गरेका छन् ।


यसैगरी, भिमाद नगरपालिकामा उत्तर दक्षिण मोटरमार्गको छाब्दी बाराही मन्दिरदेखी सिगारभन्ज्याङ्ग खण्ड स्तरवृद्धि तथा फाँचेथर कोटथर पर्यटकीय पैदलमार्ग निर्माण समेतका लागि १५ लाख, लोकतान्त्रिक मार्ग स्तरोन्नतिअन्र्तगत जलौदीदेखी सुनाकोट सम्मका लागी १० लाख, खरखरे खानेपानी योजना सुविधा विस्तारका लागी १५ लाख, नेवा खल भवन निर्माण र जनज्योति माविको क्यान्टिन छानो समेतका लागी ११ लाख ४० हजार भिम देउराली मोटरमार्ग स्तरोन्नती वडा नं ७ मा १० लाख, वालज्योती आधारभुत विद्यालय तला थप गर्नका लागी १० लाख गरि कुल ७१ लाख ४० हजार विनियोजन भएको छ ।


यस्तै, घिरिङ्ग गाउँपालिकामा पुट्टार ढोपर खोल्सी खानेपानी योजनाका लागी १५ लाख, राधाकृष्ण मोटरमार्ग गोफा–देउराली–डुम्रेवेशी का लागी १५ लाख, अर्चलकोट–मानपुर–खिला खानेपानी सुविधा विस्तारका लागी १५ लाख, नयाँटार गावुडाडा मार्ग स्तरोन्नतीका लागी १० लाख, वनडाँडा खानेपानी योजना सुविधा विस्तारका लागी १० लाख गरि कुल ६५ लाख विनियोजन गरिएको छ ।


यसैगरी, ऋषिङ गाउँपालिकामा झापुटार–धवला–ग्वासलुङ्ग धनवास मोटरमार्ग स्तरोन्नतीका लागी १५ लाख, गोठादी सामुदायिक भवनका लागी १० लाख, सिसेरा खोला खानेपानी योजना स्तरवृद्धिका लागी १० लाख, श्रृङ्ग मावी गोठादी तला थप गर्नका लागी १० लाख, शिव सरास्वती माविको प्राविधिक शिक्षा संचालनका लागी भौतिक विस्तारमा २५ लाख गरि कुल ७० लाख विनियोजन गरिएको सिग्देलको सचिवालयले जनाएको छ ।


यस अघि सिग्देलले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुसमेतसँग बजेटका लागि भन्दै परामर्श छलफल गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्