उद्योग वाणिज्य महासंघ महाधिवेशनः चुनाव जित्नेमा देवकुमार विश्वस्त

  • ख-
  • ख+

‘मेरा एजेण्डामा अधिकांश मतदाता सहमत छन्’
काठमाडौंः
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका देवकुमार श्रेष्ठले मतदाताबाट प्राप्त सहयोगका कारण आशावादी रहेको बताएका छन् ।


हाल महाधिवेशनको शिलशिलामा राजधानीमा रहेका श्रेष्ठले आफूले गरेको अन्र्तक्रियाका क्रममा मतदाताले सोचेभन्दा बढी सकारात्मक प्रतिक्रिया पाएको बताए । ‘यस अघि बराबरी भएका कारण पुरा कार्यकाल पुरा गर्न सकिनँ,’ श्रेष्ठले भने,‘यसपाली पूर्ण समय सेवा गर्नका लागि साथ पाउने आश्वासन पाएको छु ।’


श्रेष्ठले बैंकको व्यवसायी मारा नीति, जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई गरिएको उपेक्षा तथा समग्रमा व्यवसायिक समस्या समाधानका लागि संघ तथा प्रदेश सरकारलाई दबाब दिन आफूसँग प्रष्ट योजना रहेको बताए । ‘मेरा योजनामा धेरैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने,‘म चुनाव जित्नेमा आशावादी छु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्