राजतन्त्र ब्युँताउन दबाबका लागि दमौलीमा समिति गठन

  • ख-
  • ख+

दमौलीः पोखरामा वृहत ¥यालीपछि तनहुँमा पनि पक्षधरहरुले राजतन्त्र ब्युँताउन दबाबमूलक कार्यक्रम गर्ने भएका छन् । राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापना तथा भ्रष्टाचार नियन्त्रणको माग गर्दै दमौलीमा पनि राजतन्त्र पक्षधरले मंगसिर २६ गते शुक्रबार दबावमूलक कार्यक्रमको तयारी गरेका हुन् ।


यसका लागि मोहम्मद सफिक मियाँको नेतृत्वमा समिति गठन गरिएको छ । दमौलीमा बिहिबार सम्पन्न भेलामार्फत ३१ सदस्यीय आयोजक समिति गठन गरिएको अध्यक्ष मियाँले जानकारी दिए ।


भेलामार्फत शुक्रबार दमौलीमा वृहत मोटरसाईकल ¥याली गर्ने निर्णय भएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य राजेन्द्र अधिकारीको पनि उपस्थिति थियो ।

राजतन्त्रका पक्षमा स्वतःस्फूर्त भेला भएका युवाहरुलाई आफूहरुले साथ दिने अध्यक्ष घर्तीले बताए । बुधबार पोखरामा भएको भेलामा पनि तनहुँबाट ठूलो संख्यामा व्यक्तिहरुले सहभागीता जनाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी