एकजनाको मृत्यु भएपछि म्याग्दे ७ नम्बर वडा कार्यालय एक साता बन्द

  • ख-
  • ख+

म्याग्देः एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको म्याग्दे गाउँपालिकाले वडा नम्बर ७ को कार्यालयलाई एक साता बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीद्वारा जारी सूचनामा वडा कार्यालय नजिकै घर भएका ४८ वर्षका पुरुषको निधन भएको भन्दै मृतकका परिवार र संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका लागि एक साता कार्यालय बन्द गर्ने निर्णयलाई गाउँपालिकाले सदर गरेको उल्लेख छ ।


बिहिबार बसेको कार्यपालिका बैठकले अत्यावश्यकबाहेकका सेवा आगामी मंसीर १७ सम्म बन्द गर्न वडाबाट आएको अनुरोधलाई गाउँ कार्यपालिका बैठकले स्विकृत गरेको उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी