प्रहरी छापा हान्दा कुखराको खोरमा जुवा खेलिरहेका १९ जना पक्राउ

  • ख-
  • ख+

दमौलीः कुखुराको खोरमा जुवा खेलिरहेका १९ जनालाई तनहुँ प्रहरीले व्यास १२ बेलघारीबाट पक्रेको छ ।


बिहिबार राती गएको प्रहरी टोलीले बेलघारीस्थित एक घरबाट कौडा खेल्दै गरेका व्यक्तिसहित नगद तीन लाख १० हजार रुपैयाँ बरामद पनि गरेको छ ।

ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट गएको ईन्स्पेक्टर प्रकाश भुषाल नेतृत्वको प्रहरी टोलीले कारबाही गरेको हो ।

प्रहरीले पक्राउ सबैविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । यसबारेमा विस्तृत विवरण पछि उपलब्ध गराइने प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी