आदिवासी जनजाति महासंघ अध्यक्ष घर्तीसहित व्यासका ७ जना संक्रमित

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाका थप सातजनामा कोभिड संक्रमण पाइएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा व्यास १की २० वर्षिया महिला र २५ वर्षका पुरुष, व्यास २ का ३० वर्षका पुरुष, व्यास ३ की ३८ वर्षिया महिला, व्यास ७ का २९ वर्षका पुरुष र व्यास १० का ३३ वर्षका पुरुष छन् ।


संक्रमितमा नेपाल आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती पनि छन् । उनले सामाजिक सञ्जालमा पोष्ट राख्दै कन्ट्याक्ट ट्रेसिङमा आएकालाई सजग रहन आग्रह गरेकी छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै स्वास्थ्यलाभको कामना गर्नेप्रति आभार प्रकट गरेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी