मुटुमा समस्यापछि पूर्व युवराज शाहको होटलमै इसिजि

  • ख-
  • ख+

चितवन : मुटुको समस्या देखिए पछि पूर्वयुवराज पारस शाहको उपचार प्रक्रिया शुरू भएको छ । हाल चितवनको नारायणगढस्थित एक होटलमा मङ्गलबारदेखि बस्दै आएका उनको छातीमा बुधबार साँझबाट समस्या देखिएको बताइएको छ ।

चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले उनको परीक्षण शुरु गरेको बताइएको छ।

रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै छ। रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो। सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्