तनहुँ ख्रीष्टिय युवा संगतीले गर्यो मानुङकोटको सरसफाई

  • ख-
  • ख+

दमौली: तनहुँ ख्रीष्टिय युवा संगतीका सदस्यले पर्यटकीय मानुङकोट क्षेत्रको सरसफाई गरेका छन् । सामाजिक सञ्जालमा भाइरल बने पछि दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक आउँदा फोहोरमैला व्यवस्थापनमा राम्रोसंग नभएको स्थानीयको गुनासो थियो ।

कार्यक्रममा व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले सरसफाई अभियानमा जुटेकामा तनहुँ ख्रीष्टिय युवा संगती परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

उनले भने “यस ठाउँको सरसफाई हामी सबैको दायित्व हो । वडाको मात्र प्रयासले यो सम्भव छैन । नागरिकस्तरबाट नै सरसफाईमा ध्यान दिनु पर्छ” ।

उनले सोही कार्यक्रममार्फत आन्तरिक पर्यटकलाई पनि सके सफा गर्न नसके फोहोर नगर्न आग्रह गरे। तनहुँका विभिन्न चर्चहरुबाट ५० भन्दा बढी जवानहरुको उपस्थिती रहेको सो कार्यक्रममा संगतीका सचिव राजु थापाले सहजिकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी