
काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या पछिल्लो समय निरन्तर बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टाको रिपोर्टअनुसार नेपालमा थप २८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार योसँगै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार तीन सय ८९ पुगेको छ ।
बुधबार नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।