
दमौलीः कार्यालय तथा व्यवसायमा दिनभर काममा व्यस्त हुनेका लागि होम डेलिभरी प्याकेजको घोषणा गरेको छ । अब सामान्य दरमै कार्यालयमा महिनावारी खाजा खाने सुविधाका साथ पिएसएनले ‘बजेट लन्च’को प्याकेज घोषणा गरेको छ ।
‘अफिस अनि व्यवसायमा व्यस्त हुनेका लागि महिनाभर निश्चित समयमा खाजा पु¥याउने गरी प्याकेज लन्च गरेका छौं,’ पिएसएनका प्रबन्ध निर्देशक सुनिल बुढाथोकीले भने । पिएसएनले मासिक रुपमा दैनिक सरदर ५५ रुपैयाँ शुल्कमा महिनाभरका लागि फरक फरक खाजाका परिकार पस्कनेछ ।

‘मासिक रुपमा खाजा खाँदा सस्तो पनि पर्ने र सजिलो पनि हुन्छ,’ उनले भने,‘दमौलीमा यो नयाँ खालको व्यवस्था गर्न लागेका हौं ।’ प्याकेजमा मासिक रुपमा सहभागीले एकमुष्ट एक हजार चार सय ५० शुल्क बुझाए पछि पिएसएनले तोकिएको समयमा कार्यालयमै खाजाको डेलिभरी गरिदिनेछ । व्यस्तताका बीच सस्तो र सहज प्याकेज भएकाले यसले ग्राहकको मन जित्ने विश्वास उसको छ ।