शुक्लागण्डकीमा ३ मोटरसाईकल दुर्घटनामा ५ घाइते

  • ख-
  • ख+

दुलेगौंडा :तनहुँका शुक्लागण्डकी नगरपालिकाका दुई ठाउँमा भएका मोटरसाईकल दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । दुलेगौंडामा भएको दुर्घटनामा दुई तथा कुम्लेखोलाको दुर्घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्ला गण्डकी नगरपलिका४ दुलेगौंडास्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौलीतर्फ आइरहेको गरेको ग.१ झ ४६१ नं.कोे टाटा गाडीसंग दमौलीबाट दुलेगौंडा जाँदै गरेको लु ६५ प ९५९६ नं.को मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक शुक्लागण्डकी नगरपलिका ८ निवासी २० वर्षका देवेन्द्र श्रेष्ठ र मोटरसाईकल पछाडी सवार सोही ठाउँका १९ वर्षका अनु भट्टराई घाइते भएका छन् ।

घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरको तनहुँ सेवा अस्पताल दुलेगौंडामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुम्लेखोलामा ३ घाइते
शुक्लागण्डकी नगरपलिका ७ कुम्लेखोलास्थित पृथ्वी राजमार्गमा शेराटारबाट खैरेनीटारतर्फ गैरहेको ग ६ प १९५ नम्बरको मोटरसाईकल र खैरेनीटारबाट आउँदै गरेको ग १७ प ९७०४ नम्बरको मोटरसाईकल ठक्कर खाँदा ग ६ प १९५ नं. मोटरसाईकल चालक जिल्ला रूकुम आटविसकिट नगरपालिका ५ निवासी २० वर्षका पवन चनको र मोटरसाईकल पछाडी सवार जिल्ला तनँहु म्याग्दे गाँउपालिका ३ निवासी २४ वर्षका विवश थापा घाईते भएका छन् ।

प्रहरीका अनुसार उनीहरु दुईको जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास अस्पताल तथा अर्का घाइते ग १७ प ९७०४ नं.को मोटरसाईकल चालक सुर्खेत विरेन्द्रनगर नगरपालिका ८ निवासी २२ वर्षका किसानप्रसाद अधिकारीको भने जनजिवन मेडिकल खैरेनीटारमा उपचार भैरहेको छ ।

तस्बिरः फाइल फोटो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी