
दमौलीः तनहुँमा बुधबार ११ जनामा कोरोना संक्रमण पाइएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भानुका चारजना, व्यासका दुई जना, म्याग्देका एक, भिमादका दुई तथा शुक्लागण्डकीका दुई जनामा संक्रमण भेटिएको हो ।
संक्रमितहरुमध्ये केही सरकारी जनस्वास्थ्य प्रयोगशाला तथा बाँकी निजी अस्पतालको प्रयोगशालामा जाँच गर्दा भेटिएका पनि छन् ।