३ दिन कार्यालय बन्द गरेर कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकाले कार्यालय नै बन्द गरेर कर्मचारी र जनप्रतिनिधिहरुको कन्ट्याक्ट ट्रेसिङ थालेको छ ।


मंगलबार आएको रिपोर्टमा नगर प्रमुख किसान गुरुङसहितका व्यक्तिमा संक्रमण भेटिए पछि नगरपालिकाले शुक्रबारसम्म कार्यालय बन्द गरेर कन्ट्याक्ट ट्रेस गर्ने घोषणा गरेको थियो ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले कोरोनाको जोखिमका कारण नगरपालिकाका अधिकांश कर्मचारी र जनप्रतिनिधिको पनि कन्ट्याक्ट ट्रेसिङ गरिन लागिएको जानकारी दिए ।


पछिल्लो समय शुक्लागण्डकीमा परीक्षण दर बढी भएका कारण पनि संक्रमितको संख्या समेत वृद्धि देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी