लैगिंक हिंसाविरुद्धको अभियान आजबाट

  • ख-
  • ख+

प्रकृति खनाल न्यौपाने
दमौली:
लैंगिक हिंसाविरूद्वको १६ दिने अभियान बुधबारबाट देशैभर शुरु हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमा नै कोभिडको प्रभावले आक्रान्त बनेका बेला हिंसा पीडितको सङ्ख्या पनि बढ्दै गएको छ ।
यस वर्षको लैङ्गिक हिंसा विरूद्को अभियानमा ब्यास नगरपालिकाले कोभिड सङ्क्रमणलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरू गर्ने भएको छ ।

यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यको लागि प्रतिबद्धता ,व्यक्ति ,समाज र सबैकोे ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा तयार गरी नारा तयार गरि हिंसाविरूद्वको“ अभियान गरिने भएको छ । मङ्गलबार प्रस्तुत कार्यापत्रमा सुरक्षाका नीतिहरू अपनाई गर्न सकिने कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कोभिड १९को जोखिमलाई मध्येनजर गर्दै भर्चुअल विषयवस्तुलाई जोड दिदै कार्यक्रम गर्नुपर्ने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।


कार्यपत्र प्रस्तुत गर्दै ब्यास नपाकी उपप्रमुख तथा ब्यास नगरपालिकाकी न्यायिक समिति संयोजक मिरा जोशीले लैङ्गिक हिंसा न्युनीकरणका लागि सम्पूर्ण नीतिगत तहदेखि कार्यान्वयन तहसम्मका सरोकारवाला निकाय,स्वयं हिंसा पीडित वर्ग, नागरिक समाज, समाजसेवी सम्पूर्ण एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए । जोशीले १६ दिने अभियान सफल पार्न सबै क्षेत्रको साथ, समर्थन र सहकार्यको अपेक्षा समेत गरेका थिए ।


लैङ्गिक हिंसा अन्त्यका लागि १६दिने अभियान अन्तरगत नगरपालिकाले । त्यस अन्तरगत बुधबार पहिलो दिन दिउँसो १बजे उद्घाटन कार्यक्रम गर्ने व्यास नगरपालिकाकी महिला विकास निरिक्षक राधा वाग्लेले जानकारी दिइन् ।
कार्यक्रममा हिंसा विरूद्व काम गरेका केही संस्थालाई परिचालन गर्दै नगरपालिका परिसर लगाएत अन्य स्थानमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने लगायतका कार्यक्रमहरू छन् ।


नगरपालिकाले भर्चुअल कार्यक्रममा जोड दिंदै सूचना तथा सञ्चारका माध्यमबाट सचेतना कार्यक्रमहरू गर्ने ,परिसंवाद कार्यक्रम गर्ने,पत्रिकाका विशेषाङ्क निकाल्ने लगायतका योजनाहरू अघि सारेको सामाजिक शाखाकी अधिकृत राधा आचार्यले जानकारी दिइन् ।


विभिन्न सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, लैङ्गिक विभेदका विरूद्वमा काम गर्ने संघसंस्था ,पत्रकार लगायतको उपस्थितिमा मङ्गलबार ब्यास नगरपालिकाले कार्यापत्र प्रस्तुत गरेको हो । १६दिन सम्म कार्यायोजना अनुरूप काम गर्दै जाने व्यास नपाले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी