
काठमाडौंः कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको संख्या एक हजार सात सय ९० पुगेसँगै संक्रमितको नयाँ रेकर्ड बनेको हो । तर यसै अवधिमा दुई लाख चार हजार आठ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।
२४ घण्टामा २४ को मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार तीन सय ६१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्रै दुई हजार सात सय ९१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।