कांग्रेसले भन्यो,‘हाम्रो पालामा गाउँ गाउँमा बाटो र विकास’

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँले आफ्नै नेतृत्वमा तनहुँका गाउँ गाउँमा विकास पुगेको दाबी गरेको छ । सचिव विश्व बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा १० वर्ष लामो शसस्त्र द्वन्द्व तथा त्यसपछिको १२ वर्ष व्यवस्थापनमा अल्झँदा विकासमा गतिरोध भएको भन्दै तर पनि आफ्नो पार्टी नेतृत्वमा रहँदा नै जिल्लामा विकास भएको उल्लेख गरिएको छ ।


विज्ञप्तिमा आफ्ना नेताप्रति अपमानजनक तरिकाले विकास गर्न नसकेको लान्छना लगाइएको भन्दै आपत्ति जनाइएको छ । विज्ञप्तिमा कुनै नाम नतोकिए पनि संघ र प्रदेशका सांसदले यस्तो गरेको भन्दै पार्टीको सदस्यता लिए मात्र विकास हुने भन्दै कार्यकर्तालाई पार्टी प्रवेश गराएको आरोप सत्तारुढ नेकपाका प्रतिनिधिमाथि लगाइएको छ ।

विज्ञप्तिमा नाम उल्लेख नगरे पनि क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठमाथि बढी लक्षित देखिएको भाषा र प्रयुक्त शब्दावलीले शंकेत गरेको छ । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठले पौडेलको पालामा विकास नभएको दाबी गर्ने गरेका छन् ।

नेपाली कांग्रेसले जारी गरेको विज्ञप्ति


विज्ञप्तिमा भनिएको छ,‘जनताको करबाट राष्ट्रिय ढुकुटीमा जम्मा भएको रकमलाई कुनै पनि पार्टीको हितमा दुरुपयोग नगर्न नगराउनुहुन पार्टी सचेत गराउँदछ ।’

रिस्तीमा विद्यालय खोल्न चुनौती
विज्ञप्तिमा रिस्तीमा विद्यालय खोलेर देखाउन सांसदलाई चुनौती दिइएको छ । आफ्ना पालामा रिस्तीमा विद्यालय खोल्न नसकेको भन्दै नेकपाका सांसद श्रेष्ठले बेलाबखत आलोचना गर्दै आएका छन् ।

त्यसको प्रतिवादमा विज्ञप्तिमा अब सबै हामी गर्छौं भन्ने माननीयलाई आफ्नो कार्यकालमा विद्यालय खोल्न भन्दै खुल्ला चुनौती दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्