टेन्टमुनि सुतेका डिहीगाउँका पुरुषको मृत्यु

  • ख-
  • ख+

दमौलीः टेन्टमुनि सुत्दै आएका व्यास १० डिहीगाउँ निवासी एक श्रमिकको मृत्यु भएको छ । स्थानीय निर्माण व्यवसायमा श्रमिकका रुपमा काम गर्दै आएका ४५ वर्षिय उनी सोमबार राती सुतेयता नउठेपछि विहान छिमेकी जाँदा मृत पाइएको प्रहरीको भनाई छ ।

धनकुटा घर बताउने उनको नाम शिव राई रहेको खुलेको छ । उपचारका लागि अस्पताल लैजान अघि नै उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी लामो समयदेखि सोही क्षेत्रमा काम गर्दै आएको बताइएको छ । प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले उनी टिबीका बिरामी पनि भएको खुलेको भन्दै थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी