शुक्लागण्डकी नगर प्रमुखसहित थपिए ११ संक्रमित

  • ख-
  • ख+

दुलेगौंडाः तनहुँमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङसहित मंगलबार थप ११ जनामा कोभिड १९ संक्रमण भेटिएको छ ।

संक्रमितमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख गुरुङबाहेक अरु भने जनप्रतिनिधि वा कर्मचारी नभएको श्रोतले बताएको छ ।

स्वास्थ्यमा समस्या नभए पनि गुरुङ दुई दिन अघि स्वाब दिएयता कार्यालय भने नआएको बताइएको छ । प्रमुखमा संक्रमण देखिए पछि अब अरु कर्मचारी र प्रतिनिधिको पनि स्वाब संकलन गर्ने तयारी नगरपालिकाको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्लागण्डकीमा अरु चार जनामा पनि संक्रमण देखिएको छ । संक्रमित अरु चार जना भने जनप्रतिनिधि वा कर्मचारी नभै सर्वसाधारण भएको बताइएको छ ।

यसैगरी घिरिङ गाउँपालिकामा पनि शुक्लागण्डकी नगरपालिकामा झैं समान पाँच जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी भानु नगरपालिकाका एक जनामा पनि संक्रमण भेटिएको छ । तिहारपछि क्रमैसँग जिल्लामा संक्रमण बढ्न थालेको छ ।


घिरिङ गाउँपालिकाका समान ५।५ जना छन् । यसैगरी भानु नगरपालिकाका एक जनामा पनि संक्रमण भेटिएको छ । तिहारपछि क्रमैसँग जिल्लामा संक्रमण बढ्न थालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी