साथीसँग घुम्न आएका सागर मृत भेटिए

  • ख-
  • ख+

दमौली: साथीसँग घुम्न मानुङ आएका शुक्लागण्डकी ७ श्याउली निवासी करिब ३५ वर्षका सागर थापा मृत भेटिएका छन् ।

मंगलबार राती साथीसँग रमाइलो गरेर बिहान सुत्न गएका सागर न उठेपछि साथीहरु उठाउन जाँदा उनी मृत भेटिएका थिए । स्थानीय सुमन थापाका अनुसार उनी स्थानीय एक होमस्टे मा बसेका थिए ।

उनीसँग आएका साथीहरुले रातभर नाचगान गरेर रमाइलो गरे पछि उनी बिहान सुत्छु भनेर गएको तर अबेर पनि न उठेको जानकारी दिए ।अहिले घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का गरेको छ । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी