मानुङ जाँदै गरेको हायस भीरबाट खस्दा १ को मृत्यु, ५ घाइते

  • ख-
  • ख+

दमौली : दमौलीबाट मानुङतर्फ जाँदै गरेको ग १ ख २९४२ नम्बरको यात्रुवाहक हायस भीरबाट खस्दा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा पोखरा महानगरपालिका गगनगौडा निवासी करिब २८ वर्षकी सुनिता गुरुङ छन् ।

घटना लगत्तै उद्धार गरिएकी उनको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा ज्यान गएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए। अरु पाँच घाइते छन् ।

विहान सवा ४ बजेतिर उकालो लाग्दै गरेको हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसके पछि ब्याक भएको थियो । सोही क्रममा ६ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शी अनुप आलेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्