मुख्यमन्त्री गुरुङको सन्देशः स्यानिटाइजर लगाएर चाडपर्व मनाऔं

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले नेपाल सम्वत ११४१ को अवसरमा शुभकामना सन्देश दिएका छन् ।

प्रदेशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल सम्वतका प्रवर्तक समाज सुधारक संखधर साख्वाले निजी सम्पत्तिबाट ऋण तिरिदिएर संवत चलाएको भन्दै उनले साख्वाप्रति उच्च सम्मान प्रकट गरेका छन् ।


नेवारी समुदायले यसै दिन म्हः पूजा पनि मनाउने गरेको भन्दै उनले यस पूजाले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता अझ वृद्धि हुने विश्वास व्यक्त गरे ।


मुख्यमन्त्री गुरुङले चाडपर्वमा आफ्ना सदस्यबाहेक भेटघाट नगर्न आग्रह गर्दै गर्नैपर्ने अवस्थामा कोभिड १९ बाट जोगिन साबुनपानी तथा स्यानिटाइजरको प्रयोग गर्न पनि अपिल गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्