
काठमाडौं : पछिल्लो २४ घण्टामा १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ७६ जनामा परीक्षण गर्दा १४ सय ७७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने २ हजार ७ सय ९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।