कटेजमा कौडा खेलेका १५ जना पौने ४ लाखसहित समातिए

  • ख-
  • ख+

भानुः तनहुँ प्रहरीले भानु १२ मिर्लुङ कवाचितबाट कौडा खेलिरहेका १५ जनालाई समातेको छ । स्थानीय उमेश अधिकारीको बारीमा रहेको कटेजमा जाुवा खेलिरहेका ती व्यक्तिलाई शनिबार राती पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिल्सिनाले जानकारी दिए ।


ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट प्रहरी निरिक्षक प्रकाश भुषालको कमाण्डमा गएको नौजना प्रहरीको टोलीले कौडा खेल्दै गरेका सन्तोष खडका, बलराम अधिकारी, उत्तम पण्डित, अमृत श्रेष्ठ, खड्गबहादुर गुरुङ, चन्द्रबहादुर शाही,सुमन खनाल, रामु मल्ल, हरी खड्का, राम गुरुङ, आसकुमार श्रेष्ठ रामलाल गुरुङ, विष्णुबहादुर भण्डारी,शिवकुमार श्रेष्ठ र पुरन गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


उनीहरुबाट नगद पौने चार लाख रुपैयाँसहित कौडा र एक थान सुनको जस्तो देखिने औंठी बरामद गरिएको पनि प्रहरीले जनाएको छ । चाडबाड लागेसँगै कौडा तथा जुवातास खेलाउने क्रम वृद्धि भएको छ । दमौली तथा आसपासका क्षेत्रमा पनि जुवातास र कौडा सामुहिक रुपमा खेलाउने काम बढेको गुनासो सुनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी