कुटपिटबाट खकौलीका कृष्णबहादुरकाे ज्यान गयो

  • ख-
  • ख+

विकास खनाल

दमौली: झडपमा परी घाइते व्यास नगरपालिका वडा नम्बर १ खकाैलीका कृष्णबहादुर दरैको ज्यान गएको छ ।

दरैको फूल सेलाउने क्रममा झगडा हुँदा कृष्णबहादुर घाइते भएका थिए । दरैहरूकाे फूल सेलाउने सहरा कार्यक्रममा शनिबार उक्त घटना घटेको हाे ।

टाउको र ढाडमा गम्भीर चाेट लागि घाइते भएका कृष्णबहादुरकाे दमाैली अस्पतालमा उपचारको क्रममा मृत्युु भएको एसपी अरुण पौडेलले जानकारी दिए । ५५ वर्षिय मृतक दरैकाे शव पोष्टमार्टमका लागि अहिले दमाैली अस्पतालमा राखिएको छ ।

मृतककाे छाेरी मनिसरा दरैका अनुसार कृष्णबहादुर माथि रतौलीका एक स्थानीयले आक्रमण गरेका थिए । घटनाका अाराेपि भिमबहादुर दरैलाइ पक्राउ गरी अनुसन्धान अघि बढाइने एसपी अरूण पाैडेलले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी