मानुङबाट बाईक हरायो

  • ख-
  • ख+

बिकास खनाल

दमौली: पछिल्लो समय निकै चर्चामा रहेको मानुङ डाँडा घुम्न जाने मानिसको सँख्या पछिल्लो दिनमा निकै बढेको छ । मानिसको जमघट र अाइजाइ बढेसँगै यहाँ शान्ति सुरक्षा काे चुनाैति पनि थपिएको छ ।

यसैक्रममा सनिवार मानुङ घुम्न गएका म्याग्दे १ गुणादीका अनिल अधिकारीकाे २ सय २० सिसिकाे बा – प्र – ०३ , ००२प ३८३९ नम्बरको कालो पल्सर बाइक चाेरि भएको छ । बाइक राखेर साथीहरू सँग डाँडामा घुमेर फर्कने क्रममा दिउँसो २ बजे अासपासकाे समयमा बाइक चाेरि भएको अनिलले बताए ।

लक राखेर गएकाे बाईक लक फाेरेर लगेको हुन सक्ने र त्यहाँ रहेका अन्य २ बाइककाे पनि लक फाेरेकाे अबस्थामा बाइक रहेको अधिकारी ले बताए ।

बाइक हराए पछि उनी हिँडेर तल झर्न बाध्य भएका थिए । भर्खरै मात्रै चर्चामा रहेर पर्यटकको मन जित्न सफल हुँदै गरेको यश ठाउँ बाट यसरी दिउँसै बाइक हराउनु चिन्ताको बिसय भएको हुँदा प्रहरी प्रशासनले यसतर्फ तत्काल ध्यान पुर्याउनुपर्ने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी