घर घरबाट पैसा उठाएर बत्ती राख्दा दमौली टोल झिलीमिली

  • ख-
  • ख+

दमौलीः तिहार पर्व उज्यालो र रंगहरुको चाड हो । यस अवसरमा नेपाल मात्र नभएर विदेशमा पनि रंगिचंगि र उज्यालो झिलीमिली गरेर मनाइन्छ । यस चाडका क्रममा घर घरमा बत्ती बाल्नु त सामान्य नै हो ।


तर दमौलीको एक टोलमा भने टोलैभर एकै किसिमको झिलीभिली बत्ती बालिएको छ । दमौली टोलले जडान गरेको बत्तीका लागि हरेक घरधुरीबाट १५ सयका दरले शुल्क उठाइएको छ ।

टोलभर तिहारको माहोल तयार पार्नका लागि यस्तो गरिएको टोलका अध्यक्ष हबिब खानले बताए । टोलमा राखिएको बत्तीका कारण फोटो र भिडियो खिच्नेहरुको संख्या बढेको उनले बताए ।

‘अन्तबाट पनि फोटो र भिडियो खिच्न आउने बढेका छन्,’ उनले भने,‘बेग्लै रौनक देखिएको छ ।’
यसरी जडान गरिएको बत्तीका लागि करिब एक लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । टोलमा ३२ घरधुरी छन् ।


दमौलीका अन्य टोलका तुलनामा कालिका मार्ग नजिकैको सो टोलमा तिहारको बेग्लै रौनक देखिएको छ । व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले टोलबासीले देखाएको सक्रियताले बेग्लै रौनक देखिएको बताए । ‘टोल नै बेग्लै देखिएको छ,’ उनले भने,‘अरु टोलले पनि यसैगरी मिलेर काम गर्दा रुपै फरक देखिन्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी