गण्डकीमा कोरोनाबाट मृत्युदर उच्च, कोरोना संक्रमणबाट थप ५ को मृत्यु

  • ख-
  • ख+

पोखराः तुलनात्मक रुपमा परीक्षण कम भए पनि गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने दर बढ्दै गैरहेको छ । देशमै बाग्मतीपछि उच्च मृत्युदर रहेको गण्डकीमा पछिल्ला केही दिनयता पाँच जनाको ज्यान गएको विवरण प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


निर्देशनालयका अनुसार स्याङजा वालिङका २४ वर्षका संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा ज्यान गएको छ । यसैगरी कास्की पोखरा १४ का ६३ वर्षका संक्रमितको पनि गण्डकी मेडिकल कलेजमा ज्यान शनिबार गएको छ । उनमा डायबिटिजसमेतका समस्या रहेको निर्देशनालयको विज्ञप्तिमा छ ।


यसैगरी कास्की पोखरा १५ निवासी ५० वर्षिया संक्रमित महिलाको शुक्रबार राती चरक अस्पतालमा ज्यान गएको छ । उनमा पनि डायबिटिजसहितका स्वास्थ्य समस्या रहेको विज्ञप्तिमा छ ।


यसैगरी कास्की पोखरा २६ निवासी ७२ वर्षिया महिला र पोखरा १८ का ४८ वर्षका संक्रमित पुरुषको पनि शनिबार बिहानै उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको निर्देशनालयले जनाएको छ । यससँगै प्रदेशमा संक्रमणबाट ज्यान जानेको संख्या एक सय २३ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी