कर्मचारीमा संक्रमण देखिएको भन्दै व्यानपामा ३ दिन बिदा थप

  • ख-
  • ख+

दमौली: कर्मचारीमा संक्रमण बढेको भन्दै व्यास नगरपालिकाले तिहारपछि थप तीन दिन कार्यालय बन्दको घोषणा गरेको छ ।

एक सूचना जारी गर्दै नगरपालिकाले मंसीर ३ गतेबाट ५ गतेसम्म नगरपालिका तथा सबै वडा कार्यालय तथा नगरपालिकाका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने उल्लेख गरेको छ ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलद्वारा जारी सूचनामा नगर कार्यपालिकाको गत कार्तिक २३ गतेको बैठकबाट भएको निर्णयका आधारमा यस्तो निर्णय गरिएको उल्लेख गरेका छन् ।


यस अघि पनि नगरपालिकाले दशैंका समयमा कर्मचारीमा संक्रमण बढेको भन्दै बिदा अवधि बढाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी